Wednesday, January 9, 2013

गजल.....

सफल प्रेमी हुन्छौ  भने खुशी   दिएर हेर । 
प्रेमको अर्थ बुझ्छौ भने आँशु  पिएर  हेर । 
***********************
धोका भएको अनुभुती  गर्छौ  भने  तिमी
आफुलाई उसको ठाँउमा राखी  जिएर हेर। 
************************
कसैलाई बिश्वासघाती सोच्नु भन्दा पहिले
कस्तो हुन्छ बिश्वासघात आँफै खिएर हेर । 
***********************
रक्सी भट्टि पसेकोमा गुनासो भो तिम्लाई
कस्तो हुन्छ यस्को स्वाद आँफै लिएर हेर । 
***********************
तिम्रा बचनले गर्दा नै फुटेको यो मुटुलाई
सक्छौ भने फेरि त्यही मायाले सिएर हेर । 
************************
सफल   प्रेमी हुन्छौ भने   खुशी  दिएर  हेर । 
प्रेमको अर्थ बुझ्छौ भने   आँशु  पिएर  हेर । 
(घायल दु:खी...खड्क भलञ्जा छन्त्याल)

गजल.....

सफल प्रेमी हुन्छौ  भने खुशी   दिएर हेर ।
प्रेमको अर्थ बुझ्छौ भने आँशु  पिएर  हेर ।
************************
धोका भएको अनुभुती  गर्छौ  भने  तिमी,
आफुलाई उसको ठाँउमा राखी  जिएर हेर ।
************************
कसैलाई बिश्वासघाती सोच्नु भन्दा पहिले,
कस्तो हुन्छ बिश्वासघात आँफै खिएर हेर ।
************************
रक्सी भट्टि पसेकोमा गुनासो भो तिम्लाई,
कस्तो हुन्छ यस्को स्वाद आँफै लिएर हेर ।
***********************
तिम्रा बचनले गर्दा नै फुटेको यो मुटुलाई,
सक्छौ भने फेरि त्यही मायाले सिएर हेर ।
*************************
सफल   प्रेमी हुन्छौ भने   खुशी  दिएर  हेर ।
प्रेमको अर्थ बुझ्छौ भने   आँशु  पिएर  हेर ।
(घायल दु:खी...खड्क भलञ्जा छन्त्याल)

Monday, December 24, 2012

जिउँदै जलेर खरानी....



जिउँदै जलेर खरानी,हुँदैछु आज म ।
हो एक्लै ढलेर बिरानो,हुँदैछु आज म ।।

लागेनी डढेलो छातिमा,देखिन्न धुवाँ खै !
यो आत्मा बलेर परानी,हुँदैछु आज म ।।
 
फकायौ र हान्यौ बाणले,ढलायौ किन हो ?
दुनियाँ छलेर निसानी,हुँदैछु आज म ।।

रहेछौ त ढुङ्गा मनको,पिरती यो जाँतो भो ।
खलमा फलेर पिसानी,हुँदैछु आज म ।।

Sunday, December 23, 2012

गजल....

  
 छैन मेरो घरबारी जिन्दगीको गोरेटोमा
कस्ले देला छहारी जिन्दगीको गोरेटोमा

सँगै बाँच्ने, दु:ख साट्ने जिन्दगीको सहयात्रि
भेटिएनन नरनारी जिन्दगीको गोरेटोमा

पर्खिरहे लाली त्यो उदाउला कि भन्दै भन्दै
कहाँ जाउँ आशा मारी जिन्दगीको गोरेटोमा

जती सोच्यो उती बढ्ने दुखियाको दु:ख यहाँ
बाँचिरहेछु बोकेर भारी जिन्दगीको गोरेटोमा

गहनायो रे मेरो श्वास तिम्रो सुखी बस्तिभरी
लैजा दैब !! दह तारी जिन्दगीको गोरेटोमा
 

गजल....


तिमीले दिएका पिडाहरु सहेरै जिएपछी ।
मात अझै चढ्दो रैछ् आफ्नै आँशु पिएपछी ।।

दोष दिनु केलाई आखिर नसीब कमजोर भएपछी ।
तिम्रो सपना पुरा भयो मलाई चोट दिएपछी ।।

बिपनिमा देख भेट छैन तिम्ले यात्रा मोडेपछी।
सपनिमा किन आउछ्यौ मेरो मुटु लिएपछी ।।

भुल्न पनि नसकिने बिछोडिएका पदचापहरु ।
दाग अझै बांकी नै छ् दिलको घाऊ सिएपछी ।।

तिमीले दिएका पिडाहरु सहेरै जिएपछी ।
तिम्रो सपना पुरा भयो मलाई चोट दिएपछी ।।

एउटा गजल..

लेखेको छु एउटा गजल मात्र तिम्रा लागी।
लेख्दा नयन भए सजल मात्र तिम्रा लागी।

मैले त भोगेको छु झुपडीका ब्यथाहरु,
यहाँका सारा महल मात्र तिम्रा लागी।

सिउँडी र तितेपाती मेरा सहयात्री हुँदा,
पोखरीका सुन्दर कमल मात्र तिम्रा लागी।

पुरा होलान् या नहोलान् मनका चाहहरु,
रबी छुने मेरो रहर मात्र तिम्रा लागी।

आऊ राज गर यो दिल खाली छ,
मन भित्रको सिंगो शहर मात्र तिम्रा लागी।

नभन्नु ‘ भाबूक’ ले साहित्यको उत्थान गर्‍यो,
कनी कुथी लेख्ने पहल मात्र तिम्रा लागी।

Saturday, December 22, 2012

गजल....



एक्लै छदाँ कसलाई भनूँ यो तनको पीडा,
कति लेखूँ ? के के लेखूँ ? यो मनको पीडा ,

प्रदेशको तातो हावा यौवनको जलन,
बिछोडमा बाँच्नु पर्ने यो धनको पीडा,

न त घरमा जोत्न पाएँ न प्रदेशमा मुल्य,
पुस्तौँ देखि भोगी रा'छु, यो शासनको पीडा,

उमेरसँगै आँशुको भेल बढ्दै बढ्दै गा',
नयाँ युगको लवाई खुवाई पालनको पीडा,