Wednesday, October 24, 2012

***गजल***


हराएका सपना मेरा शहरभित्र खोजी बस्छु
तिमीलाई आफ्नो बनाउन रहरभित्र खोजी बस्छु ।
 
हामी दुईको सम्बन्धमा तल-माथि नहोस भनी,
गजलका शेरहरूको बहरभित्र खोजी बस्छु ।
 
सपनीमा तिमीलाई दोख्न नपाउँदा हर राति,
कठाग्रिदो बिहानीको प्रहरभित्र खोजी बस्छु ।
 
फूल दिन लाग्दा तिमीलाई काँडाहरूले घोचे भने,
दुखाई भुली हाँसी-हाँसी चहरभित्र खोजी बस्छु ।
 
भुलबश अमृत ठानी विष तिमीले पियौ भने,
मृत्युसँग नडराई जहरभित्र खोजी बस्छु ।

** हात माग्या त हो **


के मागे र...? झस्क्यौ तिमी तिनै हात माग्या त हो !
यात्रा संगै तय गर्न तिम्रै साथ माग्या त हो !!

तिम्रो साथ पाएँ भने सुनौलो त्यो जिन्दगी नै,
सधै भरी नभए नी एउटै रात माग्या त हो !!

कुराले नै मन्त्रमुग्द बनाउने धोको मेरो,
माया गर्न जान्दिन र मिठा बात माग्या त हो !!

बेलैमा नै चाखी हेर मधुर मिठो रस कस्तो,
यौवनको मस्तमग्न थोरै मात माग्या त हो !!

मायामा नै शक्ति हुन्छ निस्वार्थले भरिएको,
बुझिदेउन सानु मायाको नै खात माग्या त हो !!