Wednesday, October 24, 2012

***गजल***


हराएका सपना मेरा शहरभित्र खोजी बस्छु
तिमीलाई आफ्नो बनाउन रहरभित्र खोजी बस्छु ।
 
हामी दुईको सम्बन्धमा तल-माथि नहोस भनी,
गजलका शेरहरूको बहरभित्र खोजी बस्छु ।
 
सपनीमा तिमीलाई दोख्न नपाउँदा हर राति,
कठाग्रिदो बिहानीको प्रहरभित्र खोजी बस्छु ।
 
फूल दिन लाग्दा तिमीलाई काँडाहरूले घोचे भने,
दुखाई भुली हाँसी-हाँसी चहरभित्र खोजी बस्छु ।
 
भुलबश अमृत ठानी विष तिमीले पियौ भने,
मृत्युसँग नडराई जहरभित्र खोजी बस्छु ।

No comments:

Post a Comment