कति रिस होला तिम्रो , म सँग फेर्न बाँकी ।
पर्खदै पो छौ कि कतै , मेरै बिनाश हेर्न बाँकी ।
पिरतीमा पठाएको , चिनो लाई हेर्छु कहिले,
सराप्दै पो हौली मलाई , गाली जति गर्न बाँकी ।
नियतिको भुमरीमा , दोष हाम्रो आधा आधा,
सक्छौ गर तीम्रो खुशी , जति आँखा तर्न बाँकी ।
दुई पलको खुशी रह्यो , याद बन्यो जुनी जुनी,
अब सूरु गर सानु , खाली मुटु भर्न बाँकी ।
हाँस्यौ कति सँग सँगै , अनायासै रोयौ पनि,
फूल्नु रैछ् यही सम्म , अब रह्यो झर्न बाँकी ।
देख्न सम्म पाईएन , यस्तै रैछ् हाम्रो मीलन,
सबै भन्दा ठुलो कुरो , रह्यो अब मर्न बाँकी ।
No comments:
Post a Comment