Saturday, December 22, 2012

गजल....

वाहिर पानी परिरह्यो, भित्र मुटु जलिरह्यो ।
पटक–पटक यो भाग्यले, मलाई नै छलिरह्यो ।

एकान्तमा रोई–रोई, सहिदिन्थे चोट पिडा,
यसरी नै मेरा दिन, काला रातमा ढलिरह्यो ।

यसपाली त मलाई हजुर, समयले धरि छोड्यो ।
म भित्र छ अन्धकार, वाहिर त दियो जलिरह्यो ।

आफ्नै गतिमा वहिरह्यो, पवन यो कसले रोक्ने,
वर्षौदेखि यहाँ अनेक, कष्टकर रिती चलिरह्यो ।

झिनो आसाको लहरामा, झुन्डिएको यो जिन्दगी,
जति रोपे अमृत मैले, फल्दा विष नै फलिरह्यो ।

समयभन्दा अघि छैन, न हुन्छ भाग्य भन्दा वढि,
गन्तव्यमा लम्केका पाईला, त्यसै–त्यसै गलिरह्यो ।

No comments:

Post a Comment