Sunday, December 23, 2012

गजल....

  
 छैन मेरो घरबारी जिन्दगीको गोरेटोमा
कस्ले देला छहारी जिन्दगीको गोरेटोमा

सँगै बाँच्ने, दु:ख साट्ने जिन्दगीको सहयात्रि
भेटिएनन नरनारी जिन्दगीको गोरेटोमा

पर्खिरहे लाली त्यो उदाउला कि भन्दै भन्दै
कहाँ जाउँ आशा मारी जिन्दगीको गोरेटोमा

जती सोच्यो उती बढ्ने दुखियाको दु:ख यहाँ
बाँचिरहेछु बोकेर भारी जिन्दगीको गोरेटोमा

गहनायो रे मेरो श्वास तिम्रो सुखी बस्तिभरी
लैजा दैब !! दह तारी जिन्दगीको गोरेटोमा
 

No comments:

Post a Comment