जिउँदै
जलेर खरानी,हुँदैछु आज म ।
हो एक्लै ढलेर बिरानो,हुँदैछु आज म ।।
हो एक्लै ढलेर बिरानो,हुँदैछु आज म ।।
लागेनी
डढेलो छातिमा,देखिन्न धुवाँ खै !
यो आत्मा बलेर परानी,हुँदैछु आज म ।।
यो आत्मा बलेर परानी,हुँदैछु आज म ।।
फकायौ र हान्यौ
बाणले,ढलायौ किन हो ?
दुनियाँ छलेर निसानी,हुँदैछु आज म ।।
दुनियाँ छलेर निसानी,हुँदैछु आज म ।।
रहेछौ त ढुङ्गा
मनको,पिरती यो जाँतो भो ।
खलमा फलेर पिसानी,हुँदैछु आज म ।।
खलमा फलेर पिसानी,हुँदैछु आज म ।।
No comments:
Post a Comment