Friday, August 31, 2012

''मेरो भाषामा जीबन''

सोचे जस्तो कहाँ हुदो रहेछ र जीबन यहाँ|रोजे जस्तो कस्को पाईन्छ र यहाँ|झर्छन आँखा बाट आसु पनि,निरन्तर आसु पुछ्ने हात कस्को पाईन्छ र यहाँ|मन भित्रको पिडा अनि ज्वलामुखी बोकी हिंड्नु पर्ने रहेछ यो जीबन,एक्लै एकलै पाउछन,चाहेको त कसैले गुमाउछन तर भोगाइ सबैको उस्तै मन सबैको उस्ता उस्तै कठपुतली झै नच्नु पर्ने अगाडि भने|पर्दा पछाडि लाचार अनि बिबस झै भोग्नु पर्ने जीबन|सन्तुष्त किन हामी
हुन सक्दैनौ जीबन बाट,के हामीलाई थाहा छैना के हो जीबन सुख र दु:ख को सङ्गम जान्दा जान्दै पनि किन खोज्छौ हामी मात्र सुख,कति स्वार्थी छौ हामी मात्र आफ्नो भोगाई पिडा अनि दु:ख देख्छौ|मनको कामै हो बहकिने तर सक्दैनौ हामी अनि मनलाई बाध्न|सायद त्यसैले होला हामी दुखी छौ र सधैं खुशीको आसामा छौ |

(घायल दु:खी)
खड्क छन्त्याल,बाग्लुङ,हाल:दुबई,युएई

No comments:

Post a Comment