Friday, August 31, 2012

''मन तिम्रो दुखाए कि''

~गजल~

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि ?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि ?

तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि।
कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि ?

साचो माया गर्छौ भने भन्नु पर्छ मन को कुरा।
अन्जानमै हाम्रो माया मैले कतै फुकाए कि ?

मेरो पनि एउटै विश्वाश साचो माया गर्नु पर्छ।
राम्रो मौका खेर फाली ठुलो मुल्य चुकाए कि ?

किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि ?
भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि ?
 
       खड्क भलञ्जा छन्त्याल,बाग्लुङ,
       हाल:यु.ए.ई.
 

2 comments:

  1. Sachi nae man xoyo sayad afnai jindagi ko katha saga mel khayera po ho ki 😊Dherai ramro xa hajur

    ReplyDelete