Thursday, August 30, 2012

तिम्रो जीवन फलोस् फुलोस् .......!!!

''गजल''

मलाई जति घात गरे नि तिम्रो जीवन फलोस् फुलोस् ।
हर बिहानीको प्रभातसँगै खुशीका सारा किरण झुलोस् ।

मेरा यी निर्दोष हृदय बिछोडको ज्वालामा दन्किएर ।
मैनबत्ती सरि जले नि तिमीलाई सधै उज्यालो मिलोस् ।

जीवनको अन्तिम घडीसम्म यही मेरो कामना छ कि ।
यति माया पाओस तिमीले मेरा सबै याद भुलोस् ।

हे ईश्वर अब यो खड्कको केवल एउतै ईच्छा छ ।
उनको बिहेको जग्गेसँगै मरो लाशको चिता जलोस् ।

मलाई जति घात गरे नि तिम्रो जीवन फलोस् फुलोस् ।
हर बिहानीको प्रभातसँगै खुशीका सारा किरण झुलोस् ।

नमस्कार, शुभ प्रभात.....शुभ बिहानी यहाँहरुको आजको दिन सुखमाय बित्योस..

No comments:

Post a Comment