''उनी र म''
उनी :प्रेम भन्ने जातै यस्तो
माया लागे हुने कस्तो
फूलको सुन्दरता हेरि हेरि
सुगन्धमै रमाइरहुँ जस्तो ।
म :सँगै बस्दा जलाउने
उनी :प्रेम भन्ने जातै यस्तो
माया लागे हुने कस्तो
फूलको सुन्दरता हेरि हेरि
सुगन्धमै रमाइरहुँ जस्तो ।
म :सँगै बस्दा जलाउने
टाढा हुँदा गलाउने
कस्तो रैछ जातै यस्तो
अमर प्रेम कहलाउने |
उनी :अनुभले मान्छे सिक्छ
मले मान्झे फुल्छ
सागरमा तरे भन्दा
विछोडले मुटु दुख्छ ।
म :अनुभव गरे हुन्छ
प्रेम सागर तरे हुन्छ
सुगन्धको लोभ लागे
आत्मैदेखि भरे हुन्छ !
उनी :दुख्ने मुटु सिउन पाए
अमृत अझै पिउन पाए
खुशी मिल्थ्यो जिन्दगीमा
सँग सँगै जिउन पाए !!
म :दुख्ने मुटु सिलाए हुन्छ
अमृत सम्झि पिलाए हुन्छ
साँचो प्रेम ठाने देखि
आत्मैदेखि मिलाए हुन्छ ।
उनी :चाहे जस्तो पाउनु कहाँ
छेक्बार छन धेरै यहाँ
साथ पाए संगै तर्न
पार लाग्छन डुंगा जहाँ !!
म :छेक्यो केले सँगै जिउन
पर्दैन भो अमृत पिउन
सँगै तरेको मनको डुङ्गा
जिन्दगीलाइ पार दिउँ न।
उनी :विद्वान भए पढि पढि
रिस भुली अघि बढि
एकजुट भै मिलीजुली
लक्ष्य भेट संघर्ष गरि !
म :राम्रो कुरा पढ्नुपर्छ
सधै अघि बढ्नुपर्छ
छेकबार सबै हटाएर
सफलतामा चढ्रनुपर्छ !
उनी :मन मिले कुरा मिल्छ
तिम्रै साथ भए पुग्छ
कुरा मिलाउ भन्दा फेरि
आशाहरुको दियो बल्छ !
म :कुरा थियो मिलाउने
एक अर्कामा विलाउने
कसरी भो ज्ञानका कुरा?
अर्कै आभास दिलाउने ।
उनी :कर्मले नै भाग्य बन्छ
मायाले नै माया तान्छ
जुनि काट्ने कुरा सुन्दा
मुटु भित्र हल्चल हुन्छ !!
म :आएछ कि त भाग्य फेरि
तिम्रो साथ पाउँदा खेरि
खुशी हुन्छु तिमी भए
जुनी काट्छु हेरि हेरि ।
उनी :बसि राख भर परि
साथ दिउला सधैँ भरि
सुगन्धमा रमाउँदै
आउँदैछु म बेशी झरी।
म :माया मैले गरेकै छु
तिम्रै भर परेकै छु
तिमी आउने बाटो भरि
सुगन्धी फूल छरेकै छु ।
कस्तो रैछ जातै यस्तो
अमर प्रेम कहलाउने |
उनी :अनुभले मान्छे सिक्छ
मले मान्झे फुल्छ
सागरमा तरे भन्दा
विछोडले मुटु दुख्छ ।
म :अनुभव गरे हुन्छ
प्रेम सागर तरे हुन्छ
सुगन्धको लोभ लागे
आत्मैदेखि भरे हुन्छ !
उनी :दुख्ने मुटु सिउन पाए
अमृत अझै पिउन पाए
खुशी मिल्थ्यो जिन्दगीमा
सँग सँगै जिउन पाए !!
म :दुख्ने मुटु सिलाए हुन्छ
अमृत सम्झि पिलाए हुन्छ
साँचो प्रेम ठाने देखि
आत्मैदेखि मिलाए हुन्छ ।
उनी :चाहे जस्तो पाउनु कहाँ
छेक्बार छन धेरै यहाँ
साथ पाए संगै तर्न
पार लाग्छन डुंगा जहाँ !!
म :छेक्यो केले सँगै जिउन
पर्दैन भो अमृत पिउन
सँगै तरेको मनको डुङ्गा
जिन्दगीलाइ पार दिउँ न।
उनी :विद्वान भए पढि पढि
रिस भुली अघि बढि
एकजुट भै मिलीजुली
लक्ष्य भेट संघर्ष गरि !
म :राम्रो कुरा पढ्नुपर्छ
सधै अघि बढ्नुपर्छ
छेकबार सबै हटाएर
सफलतामा चढ्रनुपर्छ !
उनी :मन मिले कुरा मिल्छ
तिम्रै साथ भए पुग्छ
कुरा मिलाउ भन्दा फेरि
आशाहरुको दियो बल्छ !
म :कुरा थियो मिलाउने
एक अर्कामा विलाउने
कसरी भो ज्ञानका कुरा?
अर्कै आभास दिलाउने ।
उनी :कर्मले नै भाग्य बन्छ
मायाले नै माया तान्छ
जुनि काट्ने कुरा सुन्दा
मुटु भित्र हल्चल हुन्छ !!
म :आएछ कि त भाग्य फेरि
तिम्रो साथ पाउँदा खेरि
खुशी हुन्छु तिमी भए
जुनी काट्छु हेरि हेरि ।
उनी :बसि राख भर परि
साथ दिउला सधैँ भरि
सुगन्धमा रमाउँदै
आउँदैछु म बेशी झरी।
म :माया मैले गरेकै छु
तिम्रै भर परेकै छु
तिमी आउने बाटो भरि
सुगन्धी फूल छरेकै छु ।
No comments:
Post a Comment