Friday, August 31, 2012

''विरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा..........!''

वन पाखा पखेरीमा लुकामारी सँगै खेल्दा
आनन्द नै लाग्थ्यो सँधै दुःख पीडा सँगै झेल्दा

रङ्गीन् थियो जीवन हाम्रो फेरि आज सादा हुँदा
विरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा

नचिनिनु चिनेपछि माया लाग्ने कति-कति
अँगालोमै बाँधिराखुँ लाग्छ सधैँ सके जति

एउटै शरीर बाँडिएर दुईतिर आधा हुँदा
विरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा

दुई पल विताएको सम्बन्ध् झन् गाढा हुँदा
बिरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा

No comments:

Post a Comment