Thursday, August 30, 2012

हार नमान हे प्रिय...

हार नमान हे प्रिय अनि आँशु त्यसै खेर नाफाल /
जस्तो होस् आजका दिन सन्तुस्ट मनले सम्माल/
जस्तो थियौ तिमि पहिले उस्तै देख्छु अहिले /
जिन्दगीमा दुख सुख त छदै छ आत्तिएर हाम नफाल /
बितेका ति पल हरु सम्झी आत्मा लाई दुखि नबनाउ /
अब आउने तिम्रा ति सुनौलो बिहानी लाई अंगाल /

नभुल तिमि बिगतमा हिडेका गोरेटो बाटो हरु /
पाईला पाईलामा तिम्रो आभास हुने छ  /
बार लगाउने प्रयास नगर हिडेका ति गोरेटोमा /
फेरी उही पुरानो घुम्तीमा यात्रा टुंगिने छ /

No comments:

Post a Comment