Thursday, August 30, 2012

चाद तिपेर तिम्रो शिरमा लगाउन सकिन..........

''गजल''

चाद तिपेर तिम्रो शिरमा लगाउन सकिन|
सबको सामु तिमी मेरो भनेर जनाउन सकिन|

एकान्तमा टोलाउदै पलपल सपनामा हराउदै,
कति गर्छु माया तिमीलाई बुझाउन सकिन|

मेरो स्मृतिमा त केबल तिमी मात्र हुन्छ्यौ सधैं,
शायद म नै तिम्रो त्यो सपनीमा आउन सकिन|

म प्रेममा हराउदै थिए,गर्दै तिमीलाई माया,
निश्छल प्रेम तिमीसँग मैले लुकाउन सकिन|

तिमी मनमा छायौ,मुटुमा छायौ,आखामा छायौ,
तर मैले तिमीलाई यो धर्तीमा साझाउन सकिन|

No comments:

Post a Comment