Thursday, August 30, 2012

''मेरो अर्थमा मायाको परिभाषा''

~गजल~
 

 माया त बिस्तारै लाग्ने बिष हो, पिए पछि थाहा हुन्छ ।
माया त सांसारिक बन्धन हो, जिए पछि थाहा हुन्छ ।

सँगै बाँच्ने अनि सँगै मर्ने यस्तै-यस्तै बाहानाहरु,
माया त नमिठो तितो सत्य हो लिए पछि थाहा हुन्छ ।

अनुपम देखिने माया अनि खोटका यस्तै-यस्तै लेपनहरु,
माया त काँचो फलाम हो खिए पछि थाहा हुन्छ ।


मायाको तराजुमा एकापट्टी माया अनि अर्कोमा घृणाहरु,
माया त अधिक तौलयुक्त साधन हो भिरिए पछि थाहा हुन्छ ।

परिभाषा के हो मायाको अनि यस्तै-यस्तै अर्थहरू,
माया त जीवनको फाटो हो चिरिए पछि थाहा हुन्छ ।

बुनेको जालमा फसिनु पर्ने यस्तै-यस्तै अवस्थाहरु,
माया त खतरनाक जाल हो झेलिए पछि थाहा हुन्छ ।

जो पनि बाध्य हुने जित्न नसकिने यस्तै-यस्तै निसानाहरु,
माया त अनौठो खेल हो खेलिए पछि थाहा हुन्छ ।

माया त बिस्तारै लाग्ने बिष हो, पिए पछि थाहा हुन्छ ।
माया त सांसारिक बन्धन हो, जिए पछि थाहा हुन्छ ।

खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई

No comments:

Post a Comment