निष्ठूरी..........
मैले तिमीलाई प्रिय भनेर गर्ने सम्बोधन निष्ठूरीमा चेन्ज गरेको छु । अन्यथा लिनु पर्दैन आखिर निष्ठूरी निष्ठूरी नै हो । कति सम्म निष्ठूरी बन्न सकेकी तिमी । एक–दुई वर्षकोलाई परदेश के आएको थिएँ, तिमीलाई पुग्यो है मेरो माया । क्या गजब छ बा । तिमीले अरुसँग माया कसरी गाँस्न सक्यौ ? कति सस्तो भएछ तिम्रो माया है । धिक्कार छ तिमीलाई अनि तिम्रो मायालाई । यस्तो हुनु थियो भने पहिले नै मलाई रिजेक्ट गरेको भए हुन्थ्यो नि । पहिले नै शंका लागेको थियो । आजभोलि त मोबाइल नम्बर पनि चेन्ज गरिछौ । फोन गर्दा पनि लाग्दैन । पलपल तिम्रो यादहरुले सताउँछ । परदेश अनि मरुभूमिको ठाउँमा दुःख अनि पिरहरु लुकाएर भए पनि बाँचिरहेको छु, काम गरिरहेको छु । हाम्रै भविष्यको लागि त परदेश आएको थिएँ । मेरो भावनालाई बुझ्न प्रयास गरिनौ है । आखिर मेरो माया एक रति पनि लागेन है ।

अब
मेरो लागि तिमी अस्ताएको घाम भयौ अनि बगेको खोला भयौ । चाहेर पनि म अब
तिमीलाई मेरो दिलमा ठाउँ दिन सक्दिन होला । किनकी मेरो निस्वार्थ मायामा
छुरा चलाउने काम तिमीले गरेको छौ । त्यो भूललाई म कहिले पनि माफ गर्न
सक्दिन । निष्ठूरी तिमीले त माया मारी सक्यौ तर तिमीसँग एक पटक कुरा गर्ने
धोको छ । आशा छ तिमीले एक पटकको लागि भए पनि समय दिने छौ ।
यो मेरो मनको भावना तिम्रो सामु पुग्छ कि पुग्दैन त्यो त मलाई थाहा छैन । यसै मार्फत् तिम्रो नयाँ सम्बन्धको शुभकामना । अन्त्यमा मेरो मनको कुरा अनि भावनालाई अभिव्यक्त गर्न दिएकोमा ईन्टरनेट आकासिय तरङ्ग फेसबुकलाई मुरी–मुरी धन्यवाद !!!

खड्क भलञ्जा छन्त्याल,यु.ए.ई.
No comments:
Post a Comment