Thursday, August 30, 2012

बाहीरी आवरणले हैन माया,मनको नाताले हुन्छ भन्थे ।

''गजल''
बाहीरी आवरणले हैन माया,मनको नाताले हुन्छ भन्थे ।
एक अर्काको नजिक घुमी,दिलले दिललाई थुन्छ भन्थे ।

हिड्दा हिडदै एउटै बाटो फरक परेछ भने यात्रा,
टाढा पुगे पनि माया,मनले मनलाई छुन्छ भन्थे ।

संगै जिउने संगै मर्ने, दुई मुटु – एक हुदाँ,
दुख्दा एउटा मुटु अनि,अर्को मुटु रुन्छ भन्थे ।

माया गर्नेले भुले पनि एकपललाई चोखो माया,
देखे एकले सपना फेरी,अकोले चाहिँ बुन्छ भन्थे ।

विश्वासमा नै समर्पित भई जुनी काट्न सहारा माग्दा,
भगवानले पनि त साँचो मायाको,पुकार सधैं सुन्छ भन्थे ।

No comments:

Post a Comment