परेली मै संगालेर आसुँ मैले थुनी रहें ।
चोखो माया अंगालेर फाटेको मन तुनी रहें ।।
आफूलाई बिर्सिएर मात्र चाहें तिम्रो खुशी ।
तिमी नै हो जिबन भनी तिमीलाई चुनी रहें ।।
थाहा छैन तिम्रो मनमा बस्न सफल छु कि छैन ।
पागल प्रेमी बनी आज माया जाल बुनी रहें ।।
कुन्नी के भो तिम्रो सामु नौनी सरी पग्ली सकें ।
झनै मिठो बोली सुन्दा लठ्ठिएर सुनी रहें ।।
सक्दिन म हटाउन मेरो मनको कुनाबाट ।
हर पल हर क्षण तिम्रै नाम गुनी हरें ।।
झनै मिठो बोली सुन्दा लठ्ठिएर सुनी रहें ।।
सक्दिन म हटाउन मेरो मनको कुनाबाट ।
हर पल हर क्षण तिम्रै नाम गुनी हरें ।।
No comments:
Post a Comment