Tuesday, August 28, 2012

''सम्झना छ अझै पनि.....!''

~गजल~
तिमी धेरै टाढा भए,कल्पना छ अझै पनि ।
देख्छु तिमीलाई सपनीमा,सम्झना छ अझै पनि ।

खोला सुकि बगर भए,बालुवा छ अझै पनि ।
टोलाउछु एकान्तमा,सम्झना छ अझै पनि ।

दियो वाली पर्खि बस्छु,साँझ पख अझै पनि ।
 तिम्रो माया मुटु भरी ,सम्झना छ अझै पनि ।

कोइलीको आवाज सुन्दा,झस्किन्छु म अझै पनि ।
 तिम्रा ती मधुर स्वर,सम्झना छ अझै पनि ।

शितल पवन सुस्केरी लाई,सोध्छु म त अझै पनि ।
 कहाँछिन उनि मनकी रानी,सम्झना छ अझै पनि ।

आँखा भरी आँशु पारी,छट्पटिन्छु अझै पनि ।
 त्यही आँशुमा देख्छु तिमी लाई,सम्झना छ अझै पनि  ।

मेरो माया जुनीभर लाई,भुल्ने छैन कहिले पनि ।
 झुठो होईन तिम्रो कसम,सम्झना छ अझै पनि  ।

उही कोही अलपत्र यात्री सात समुन्द्र पारी बाट....

No comments:

Post a Comment