~गजल~ ''जिन्दगीमा''
अनगिन्ती मृत्यु मरी आइन्छ जिन्दगीमा,
भीरैभीरको बाटो गरी धाइन्छ जिन्दगीमा !
साँच्चै अन्धा हुन् सपनाहीन आँखाहरु,
सपनामा धुन भरी गाइन्छ जिन्दगीमा !
बर्सिनेछन् बाधाहरु गर्जिएर बादल,
बेस्सरी असिनाझरी खाइन्छ जिन्दगीमा !
नाच्नुपर्छ आगोमाथि, हिँड्नुपर्छ काँडामाथि,
दर्दहरु लेख्ने खरी पाइन्छ जिन्दगीमा !
मैन रहेछ मानिस जलेर सकिने एकदिन,
दीप बनी शिखासरी छाइन्छ जिन्दगीमा !
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई
अनगिन्ती मृत्यु मरी आइन्छ जिन्दगीमा,
भीरैभीरको बाटो गरी धाइन्छ जिन्दगीमा !
साँच्चै अन्धा हुन् सपनाहीन आँखाहरु,
सपनामा धुन भरी गाइन्छ जिन्दगीमा !
बर्सिनेछन् बाधाहरु गर्जिएर बादल,
बेस्सरी असिनाझरी खाइन्छ जिन्दगीमा !
नाच्नुपर्छ आगोमाथि, हिँड्नुपर्छ काँडामाथि,
दर्दहरु लेख्ने खरी पाइन्छ जिन्दगीमा !
मैन रहेछ मानिस जलेर सकिने एकदिन,
दीप बनी शिखासरी छाइन्छ जिन्दगीमा !
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई
No comments:
Post a Comment