Thursday, August 30, 2012

यस्तै छ जिन्दगी....

''गजल''

ओइली झर्ने फूल जस्तै छ जिन्दगी /
दिन बित्ता कालले डस्तै छ जिन्दगी  /

बाचुञ्जेल दुख सुख साथ नै छ /
झर्दा आँसुसँगै खस्तै छ जिन्दगी  /

भट्टी पस्दा दिन बितेको पत्तो छैन /
पिउनेको लागि मस्तै छ जिन्दगी /

पैसामा नै बेचिएका छौ हामी त /
किन्नेलाई हाम्रो सस्तै छ जिन्दगी  /

हाँसो रोदन जीवनको रीत भन्छन सबै /
अंगाल्नु नै पर्ने यस्तै छ जिन्दगी /

No comments:

Post a Comment