Tuesday, August 28, 2012

~गजल~

तिमि छैनौ साथमा तर हाँस्नै पर्ने फिका हाँसो /
दुई थोपा आँसु जोगायरै,राखेको छु तिम्लाई नासो /

प्रदेसिनु रहर होइन बाध्यताको लगाई पासो /
तड्पियर मुटु चल्दा जोडी ढुकुरलाई के को चासो ?

धन,सम्पती हैन प्रीया सासै बोक्न गार्हो भयो /
तिम्रो हाम्रो मिलन बिन्दु ढुंगा भन्दा सार्हो भयो /


हाँसो,खुशी तिम्रै नाममा पीडा बोकी बांचेको छु /
अन्तिम सास तिम्रै काखमा छोड्नलाई साँचेको छु /

कुमार्गलाई नरोजेनी सुमार्गमै दु:ख पाँइदो रहेछ /
दु:ख पर्दा पीडा साट्ने एउटा साथी चाँहिदो रहेछ /

प्रदेसी माईला(सात समुन्द्र पारी बाट)

No comments:

Post a Comment