Friday, August 31, 2012

''बैगुनी रैछौ चोखो माया मारेर गयौ आज....!!!!.''

~गजल~

चरीले गुड सारे जस्तै सारेर गयौ आज ।
बैगुनी रैछौ चोखो माया मारेर गयौ आज ।

सुवास छर्दै सँगै फुल्ने रहर थियो कत्ति ।
 फुल्न नदिई कोपीला मै झारेर गयौ आज ।

जुनीभर सँगै बाँच्ने खाएर वाचा कसम ।
 बाँचु या मरुँ दोधारैमा पारेर गयौ आज ।

डुङ्गे यात्रा गर्दै थिए तिमी सित सँगै ।
 बिचमै छाडी एक्लै नाऊँ तारेर गयौ आज ।

पराईको घुम्टो ओढ्यौ कोमल मन तोड्यौ ।
 मीठो अतित मेरै लागी छाडेर गयौ आज ।

मायाको जालमा जीतेको ठान्यौ भएर अर्कैको ।
 प्रेमको युद्द नगरे रै हारेर गयौ आज ।
 
                         खड्क भलञ्जा छन्त्याल,बाग्लुङ,
                         हाल:यु.ए.ई.
 

No comments:

Post a Comment