Thursday, August 30, 2012

''मर्छु बरु तिम्रै काखमा हाने हुन्छ तीखो छुरै''

(गजल)

 गल्ती तिम्रो कहाँ थियो र मैले भुल गरेकै हो /
सुन्दर फूलको बगैंचामा लोभी नजर छरेकै हो /

छाती बरु चिरिदिन्छु हेर्छौ भने तिमी पुरै /
मर्छु बरु तिम्रै काखमा हाने हुन्छ तीखो छुरै /

कहाँ भन्छु र हाँस्यौ होला तिम्रो आँसु झरेकै हो /
किन ठग्नू अझै तिमीलाई मैले पाप गरेकै हो  /

मार बरु सहिदिन्छु तिरस्कार चाहिँ गर्दैनगर /
पिई दिन्छु विष बरु बास रहोस् खोलीबगर /

चिरिदिन्छु छाती बरु हेर्छौ भने तिमी पुरै /
तिम्रै काखमा मर्छु बरु हान तीखो छुरै /

No comments:

Post a Comment