Thursday, August 30, 2012

आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें,,

''गजल''
आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें !
आफ्नै वर्तमान हेर्न मैले, धेरै जंघार तरे थें !

कहाँ भेटौं जिन्दगीको अर्थ, उपनाम दिनलाई,
हजारौंको भिड माझमा, अलमल्ल परे थें !

छाती भित्र लुकाई हिंडे, आफ्नै दुख मेट्नलाई,
अर्थ बिहिन जिन्दगीमा, लाखौं प्रयास गरे थें !

लाखौं पाईला चाले मैले, अनगिन्ति यात्रा गर्नलाई,
उजाड जिन्दगीको अर्थ देखि, अनायसै टारे थें !

अस्ताएको घाम झैं जिन्दगीमा अब के रह्यो गर्नलाई,
भाग्य रेखा कोर्दा कोर्दै, सुन्यतामा सारे थें !

No comments:

Post a Comment