Thursday, August 30, 2012

(गजल)

आँसु हाँसो मिलन बिछोड जिन्दगीको रीत रै छ ।
माया प्रेम छरी जाने बिहानीको शीत रै छ ।

मन भएर के गर्नु खै धनकै ठुलो चर्चा यहाँ,
साँचो मुटु दिनेभन्दा किन्नेको नै जीत रै छ ।

हुनेले त मेटाउलान जवानीको भोक तिर्खा,
नहुनेलाई रंगमञ्चमै नचाउने धीत रै छ ।

कतिन्जेल टिक्ला र खै जालझेलको खेल यहाँ,
योभन्दा त मदिरामै डुब्नु ठुलो हित रै छ ।

संसार सारा भुलाउने शराबको नशा बरू,
सुरबिनाको संगीत तालमा रमाउने गीत रै छ ।

No comments:

Post a Comment