Wednesday, August 29, 2012

''कसरी भुल्न...''

गजल~
कसरी भुल्न सक्छुर, आधी बाटो हिडे पछि

कसरी फुल्न सक्छुर, तिम्ले जरा काटे पछि ।

कहिले हासेको छुर,तिम्ले आँसुमा डुबाए पछि

खुशी काँहा मिल्छर, मुटुमा चोट लागे पछि

मनको बाध फुट्दोरहेछ, तिखा बचनले घोचे पछि

देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।

रसाई दिन्छ परेलीहरु,बितेका याद बल्झे पछि
झस्कि दुख्छ रातहरु, मिठा सपनीले छाडे पछि

टुटे फुटे चाहानाहरु , फुलेको फुल झरे पछि 
काँडा भयो जिन्दगानी,बिश्वासमा घात लागे पछि।

खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई

No comments:

Post a Comment