Thursday, August 30, 2012

''बधाई छ माया मार्ने मेरी जुनीलाई'

~गजल~

बधाई छ मुटु टुक्रा पार्ने मेरी उनीलाई /
बधाई छ माया मार्ने मेरी जुनीलाई /

पबित्र मायालाई बलि चढायौ तिमीले  /
बधाई छ मायाको रगत पिउने खुनीलाई /

निर्दोष आत्मालाई जलायौ तिमीले /
बधाई छ चोखो माया मार्ने गुनीलाई /

निश्चल मायालाई धोका दियौ तिमीले /
बधाई छ माया मारी परदेशी हुनीलाई /

आफ्नै दर्पणलाई लाखेटयौ तिमीले /
बधाई छ पराईको संसार छुनीलाई /

आफ्नै भाग्यको रेखालाई मेटयौ तिमीले /
बधाई छ मायाको खेल सिकाउने बैगुनीलाई /

सुखको संस्मरणलाई मेटयौ तिमीले /
बधाई इर्ष्याको आँशु झारी रुनीलाई /

बधाई छ मुटु टुक्रा पार्ने मेरी उनीलाई  /
बधाई छ माया मार्ने मेरी जुनीलाई /

No comments:

Post a Comment