Friday, August 31, 2012

''चाहेर पनि तिमीलाई पाउन सकिन....।''

~गजल~

 चाहेर पनि तिमीलाई पाउन सकिन  ।
 तिमीसँग चोखो माया लगाउन सकिन ।

तिमीसँग सगैँ बाच्ने कल्पनामा बसेपनि ।
तिमीलाई भेट्न तिम्रो घर धाउन सकिन ।

जीन्दगीको हर पलमा तिमीलाई सोचे पनि ।
चाहेजस्तो मायाको गित गाउन सकिन ।

तिम्रो काखमा जीवन अन्त्य गर्ने मन भएपनि ।
कहिले पनि तिम्रो नजिक आउन सकिन ।

चाहेर पनि तिमीलाई पाउन सकिन ।
तिमीसँग चोखो माया लगाउन सकिन ।
 
 

No comments:

Post a Comment