Friday, August 31, 2012

''तिम्रो कसम''

~गजल~

टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम,
फेरी तिम्रो मन्को दैलो, टेक्ने छैन तिम्रो कसम |

बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी,
देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम |

भावनामा डुबेर नै, बदलिन सक्छ मन,

तिम्रो मन छुने गीत, लेख्ने छैन तिम्रो कसम |

रोएको छ मन मेरो,तिम्रो पनि उस्तै होला,
आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम |

खुशी चाहे दु:ख पाए, चेति सके अब मैले,
त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम |

खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई

No comments:

Post a Comment