''माया''
जिन्दगीमा माया पनि दुई दिनको खेल रैछ ।।
जवानीलाई बिगार्दिने अनौठो यो भेल रैछ ।।
प्रेमी अनि प्रेमिकाको मिलन हो भन्थे माया ।
बास्ना आउने हराउने चमेलीको तेल रैछ ।।
के गरिन आजसम्म यही मायाको लागि मैले ।
भाडा दिए चल्ने हजुर सार्वजनिक रेल रैछ ।।

बाहिर चोट नदेखिने मायाको यो पिटाइमा ।
कैदी थुन्ने भन्दापनि अझ कठोर जेल रैछ ।।
तिम्रो लागि भनेर घर परिवार छोडी आएँ ।
हर्ष न विष्मात् भो कागलाई पाक्या बेल रैछ ।।
कैदी थुन्ने भन्दापनि अझ कठोर जेल रैछ ।।
तिम्रो लागि भनेर घर परिवार छोडी आएँ ।
हर्ष न विष्मात् भो कागलाई पाक्या बेल रैछ ।।
No comments:
Post a Comment