Friday, August 31, 2012

गजल.........

जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ ।
कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

म देखि जति टाडा जति दु.खी भए पनि ।
अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।

प्रकाश होस दिनको अथवा रातको अन्धकार ।
जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।

छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा ।
तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।

आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले ।
ऋतु बदलिदाँ दुबैको सँग सँगै उपहास हुन्छ।

No comments:

Post a Comment