Tuesday, August 28, 2012

~गीत~


निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष /
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस /

गाजलु आखाँ उसको कालो बाक्लो थियो केश /
आशुँ झर्यो वियोगमा डुब्यो हजुर पुरै देश /

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष /
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस /

दुखी मेरो मन खुशी छैन हजुर एक निमेष /
यसरी जीउनु भन्दा त विष पिएकै बेश /

तर्किएर हिड्न खोज्छी हजुर बदलिएर भेष /
धोकादिनेलाई गरिदिउ कि अदालतमा केस /

निष्ठुरीलाई माया दिए, बाकीँ राखिन केही शेष /
मोरीले छोडी जादाँ अझै पनि लागिरहन्छ ठेस /

के.बि.सी.असफल,

No comments:

Post a Comment