Friday, August 31, 2012

गजल.......

ओइलीएको फूल झैं, हाँगा बाट झरी सके !
जिन्दगीको डेराबाट, अन्तै सरी सके!!

धेरै थिए आभाषका, इच्छा आकांक्षाहरु !
पुरा हुन नपाई, ख़ुशीसबै मरी सके !!

नआए नि हुन्छ तिमी, मलाई अब भेट्न !
सधैको लागि मैले, वैतरणी तरी सके !!


बिन्ती छ अब, नरोक मलाई "अनु" !
मृत्यु पत्रमा मैले, हस्ताक्षर गरी सके !!

ओइलीएको फूल झैं, हाँगा बाट झरी सके !
जिन्दगीको डेराबाट, अन्तै सरी सके !!

खड्क छन्त्याल,बाग्लुङ
हाल : युएई

No comments:

Post a Comment