~गजल~
चरीले गुड सारे जस्तै सारेर गयौ आज !!
बैगुनी रैछौ चोखो माया मारेर गयौ आज !!
सुवास छर्दै सँगै फुल्ने रहर थियो कत्ति,
फुल्न नदिई कोपीला मै झारेर गयौ आज !!
जुनीभर सँगै बाँच्ने खाएर वाचा कसम,
बाँचु या मरुँ दोधारैमा पारेर गयौ आज !!
डुङ्गे यात्रा गर्दै थिए तिमी सित सँगै,
बिचमै छाडी एक्लै नाऊँ तारेर गयौ आज !!
पराईको घुम्टो ओढ्यौ कोमल मन तोड्यौ,
मीठो अतित मेरै लागी छाडेर गयौ आज !!
मायाको जालमा जीतेको ठान्यौ भएर अर्कैको,
प्रेमको युद्द नगरे रै हारेर गयौ आज !!
के.बि.सी.''असफलप्रेमी''
हाल:युएई
चरीले गुड सारे जस्तै सारेर गयौ आज !!
बैगुनी रैछौ चोखो माया मारेर गयौ आज !!
सुवास छर्दै सँगै फुल्ने रहर थियो कत्ति,
फुल्न नदिई कोपीला मै झारेर गयौ आज !!
जुनीभर सँगै बाँच्ने खाएर वाचा कसम,
बाँचु या मरुँ दोधारैमा पारेर गयौ आज !!
डुङ्गे यात्रा गर्दै थिए तिमी सित सँगै,
बिचमै छाडी एक्लै नाऊँ तारेर गयौ आज !!
पराईको घुम्टो ओढ्यौ कोमल मन तोड्यौ,
मीठो अतित मेरै लागी छाडेर गयौ आज !!
मायाको जालमा जीतेको ठान्यौ भएर अर्कैको,
प्रेमको युद्द नगरे रै हारेर गयौ आज !!
के.बि.सी.''असफलप्रेमी''
हाल:युएई
No comments:
Post a Comment