Friday, August 31, 2012

गीतीगजल.........

गंगासरी तिमी बग्नु जुनी जुनी सम्म |
तिर्खा बनी म आउँला बिहानिको घाममा |

हिमालजस्तै हाँसिदिनु रातको निदरिमा |
खोला जस्तै बगी आउनु हातको सिरानीमा |

चखेवा भई खेली रहुँ सपनिको गाँउमा |
सार्दै गरौ मनको कुरा पिरतिको नाउँमा |

चोखो माया खप्छ भन्छन शिला पत्थरसरी |
नजानेमा बिलिन्छ रे राखौ जतन गरी |

हुरी चल्दा पहाड हुनु घाम लागे छाँया |
लुकाई राखौ कालेजिमा अजम्बरी माँया |

No comments:

Post a Comment