Thursday, August 30, 2012

जिउन चाहन्छु....


हाँसोलाई जीवनको अंश ठान्दै जिउन चाहन्छु  /
रोदनलाई जीवनको बंश मान्दै जिउन चाहन्छु /

आखिर जीवन पोखरी रैछ सुख दुख तैरिने /
दुख पिएर आफ्नो भागमा जिउन चाहन्छु /

धुपमा चौतारी खोजीन बर्षातमा ओत रोजिन /
जीवन भोगाई रहेछ वास्तविकतामा जिउन चाहन्छु /

विश्वास छ कर्ममा फलको आशा गर्दिन /
जीवन परिश्रम रहेछ श्रममा जिउन चाहन्छु /

भाग्यलाई डाकदिन सत्यलाई ढाक्दिन /
जीवन यर्थाथ रहेछ बर्तमानमा जिउन चाहन्छु  /
       खड्क छन्त्याल,बाग्लुङ

No comments:

Post a Comment