Thursday, August 30, 2012

(वास्तविकता मा मेरो जिन्दगी)

~गजल~

बर्षा याममा आउने खहरेको भेल भो जिन्दगी !
भावीले लेखेको अटुट दु:खको खेल भो जिन्दगी !

जता जान्छु असफलता सँग ठक्कर खानु पर्ने !
दुनियाँमा पराजित नै पराजित फेल भो जिन्दगी !

सहारा खोज्छु तिरस्कार नै तिरस्कार पाउनु पर्ने !
अत्याचार, घृणा र आँशुको मेल भो जिन्दगी !

स्वतन्त्र घुम्न खोज्छु तर जन्जिरले बाँधिनु पर्ने !
निर्दोष चरी थुनिने पिंजडा र जेल भो जिन्दगी !

जे काम गरे पनि षड्यन्त्रमा फसिनु पर्ने !
निष्ठुरी मायालुले बुनेको जालझेल भो जिन्दगी !

बर्षा याममा आउने खहरेको भेल भो जिन्दगी !
भावीले लेखेको अटुट दु:खको खेल भो जिन्दगी !

No comments:

Post a Comment