Friday, August 31, 2012

''माया''

(गजल)

जिन्दगीमा माया पनि दुई दिनको खेल रैछ ।
 जवानीलाई बिगार्दिने अनौठो यो भेल रैछ ।


प्रेमी अनि प्रेमिकाको मिलन हो भन्थे माया ।
 बास्ना आउने हराउने चमेलीको तेल रैछ  ।

के गरिन आजसम्म यही मायाको लागि मैले ।
 भाडा दिए चल्ने हजुर सार्वजनिक रेल रैछ ।

बाहिर चोट नदेखिने मायाको यो पिटाइमा ।
 कैदी थुन्ने भन्दापनि अझ कठोर जेल रैछ ।
 
 तिम्रो लागि भनेर घर परिवार छोडी आएँ  ।
 हर्ष न विष्मात् भो कागलाई पाक्या बेल रैछ ।

No comments:

Post a Comment