Friday, August 31, 2012

''तिम्रो इच्छा बिना मैले एकै पाइला चालेन भो''

~गजल~

तिम्रो इच्छा बिना मैले एकै पाइला चालेन भो
जे जे भन्यौ मान्दै गए कुनै कुरा टालेन भो !

रुख चढाई आज मलाई फेद बाट ढाली दियौ
मुटु भयो छिया छिया तर मायाँ फालेन भो !

तिम्रै लागि रोएको छु दिन रात नभनेर

देवता मानी पूजा गर्छु रिस राग पालेन भो !

साथ को त कुरा छोडौं पानी बारा बार गर्र्यो
आशा जती मरे सबै तर जीवन गालेन भो !

थियो मन संगै बाँच्ने संगै मर्ने यो जूनिमा
अधुरै भो सपना त्यो दोश तिम्लाई हालेन भो !

के.बि.सी.''असफल''
हाल:युएई

1 comment: