Tuesday, August 28, 2012

''जिन्दगी यो चिन्दै छु म''

~गजल~

जिन्दगी यो चिन्दै छु म डुब्न लाग्या' घाम रैछ
सुख भन्दा दु:ख धेरै झेल्ने यस्को काम रैछ

यता जाउँ ठेस लाग्छ उता हेरुँ मुटु दुखी
तड्पाई मै खुशी हुन लाग्नु पर्ने लाम रैछ

भित्र के छ ? थाहा छैन खोल्दा रुन पर्छ भन्दै
नखोलेरै फालिईने बेबारिसे खाम रैछ

हासो खुशी देख्दिन म दर्दले नै जितिरा' छ
देखावटी जिन्दगी त बनावटी नाम रैछ

ईच्छा आशा मरे पनि श्वासले ठाउँ नछोडेर
बाध्यता मै चलाईदिने धर्ती एउटा ठाम रैछ

                                के.बि.सी.''असफल''
                                हाल:युएई

No comments:

Post a Comment