Thursday, August 30, 2012

~गजल~

'' बिर्सियौ भने चाँढैनै तिम्रो बियोगमा मरिन्छ ''

कामनाहरु सम्झेर तिम्रो परेली भरिन्छ ।
बिर्सियौ भने चाँढैनै तिम्रो बियोगमा मरिन्छ ।

त्यो तिम्रो जुन आकाशको अब भुँई झ-यो नभन ।
बिर्सिए हुन्छ त्यो प्रित मेरो मन म-यो नभन ।

अँध्यारो देख्छन यी आँखा अचेल रुदैछ बिहानी ।
सपना भरी हाँसेता पनि भिजेछ सिरानी ।

सम्झेर तिमी बसेका रात धिक्कार मान्नेछन् ।
कति छ माया यो मुटुभरी यी धड्कन जान्नेछन्  ।

कामनाहरु सम्झेर तिम्रो परेली भरिन्छ ।
बिर्सियौ भने चाँढैनै तिम्रो बियोगमा मरिन्छ ।

No comments:

Post a Comment