Thursday, August 30, 2012

''तिम्रो कसम''

~गजल~
टाढा जान्छु भन्छौ बाटो,छेक्ने छैन तिम्रो कसम /
फेरी तिम्रो मन्को दैलो, टेक्ने छैन तिम्रो कसम /

बाँचिदिन्छु यो जिन्दगी,अन्जान बनी सधैं भरी /
देखे पनि तिमीलाई, देख्ने छैन तिम्रो कसम  /

भावनामा डुबेर नै, बदलिन सक्छ मन /

तिम्रो मन छुने गीत, लेख्ने छैन तिम्रो कसम  /

रोएको छ मन मेरो,तिम्रो पनि उस्तै होला  /
 आशुले नै तर पीडा, सेक्ने छैन तिम्रो कसम   /

खुशी चाहे दु:ख पाए, चेति सके अब मैले /
 त्यै दल्दलमा फेरी मुटु,फेक्ने छैन तिम्रो कसम  /
                        खड्क छन्त्याल, बाग्लुङ
                        हाल :दुबई,युएई

No comments:

Post a Comment