Tuesday, August 28, 2012

गजल...

''तिम्रै आसपासमै छु म............!!!''

कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म ।
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म।

छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी ।
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म।

जहाँ पुकार्छौ मनले तिमी त्यहीं हुन्छु म ।
जूनमा छु, तारामा छु, साँच्चै सिङ्गो आकाशमा छु म।

सुखमा छु, दुःखमा छु, छु तिम्रो हरेक भोगाइमा ।
आँटोमा छु, पीठोमा छु तिम्रो हरेक गाँसमा छु म।

वनमा छु, छु उकाली 'रालीका तिम्रा सुसेलीहरूमा ।
पहाडमा छु, खोलीमा छु, पलाँस अनि गुराँसमा छु म।

No comments:

Post a Comment