Monday, August 27, 2012

गजल....

जिउन चाहन्छु....

हाँसोलाई जीवनको अंश ठान्दै जिउन चाहन्छु ।
रोदनलाई जीवनको बंश मान्दै जिउन चाहन्छु ।

आखिर जीवन पोखरी रैछ सुख दुख तैरिने ।
दुख पिएर आफ्नो भागमा जिउन चाहन्छु ।

धुपमा चौतारी खोजीन बर्षातमा ओत रोजिन ।
जीवन भोगाई रहेछ वास्तविकतामा जिउन चाहन्छु ।

विश्वास छ कर्ममा फलको आशा गर्दिन ।
जीवन परिश्रम रहेछ श्रममा जिउन चाहन्छु ।

भाग्यलाई डाकदिन सत्यलाई ढाक्दिन ।
जीवन यर्थाथ रहेछ बर्तमानमा जिउन चाहन्छु ।
                              
                                        खड्क छन्त्याल,बाग्लुङ
                                        हाल: युएई

No comments:

Post a Comment