Monday, August 27, 2012

टोल्याई रहे...



मलाई लेख्न आएन-साहित्य !के पो लेखिरहनु !फुराउनै आएन - शब्दहरु कुन कन्दराबाट खोजी ल्याउने !अस्थिर रहेको मनले कसैको दोभाष पहिल्याउन सकिन !कस्तो व्यवहार हो - यो जसको आभास - बुझ्न नसक्नु बुझी नसक्नु छ !म भावनामा बहेछु,जसको गन्तव्य नै भेटिन !म सोचन पनी के सोचिरहन्छु,आफ्नै सस्मरणमा पनी मेटिन्न !सुख खुसी खै के हो ?थाहा छैन,कसरी पो भयो
मिलन विछोड,त्यो पनी त थाहा छैन !थाहा छैन,म लाइ , म स

्वयं को हु भनी ?थाहा छैन,म किन र के का लागी भनी अनि किन हासे र रोए'थे - त्यो पनी !!यो बेमेल लेखाइ संगै बेमेल हुदै गैरहेछु ।धेरै ले सिकाउनु भए जस्तो लाग्छ,निकै लिए जस्तो पनी लाग्छ,तर अझै अघाए जस्तो लाग्दैन,जिन्दगी देखि !अझै भरिए जस्तो त लाग्दैन जिन्दगी !सायद ,चुइने भाडो हो,यो मेरोजिन्दगी!!खाली रहेकोमगज !बाकी केही छैन,भएको केही होइनहरपल रित्तो लाग्ने त्यसैले -मुखारवृन्दबाट सदा भर्नु पर्ने अनि कानबाट ज्ञान कोच्नु पर्ने....... ..... उफ ......... ..... .....टोल्याइ रहे ...... सोचिरहे....
यस्तै रहेछ जिन्दगी............ !!!
 
खड्क छन्त्याल,बाग्लुङ
हाल:युएई

No comments:

Post a Comment