Monday, August 27, 2012

गजल....


भेट घाट हुन छाड्यो किन होला आजभोलि ?
कस्तो हुन्थ्यो सुन्न पाए सुमधुर तिम्रो बोली ?

कुशल मंगल के छ खबर दुःख पीर पर्यौ कि त ?
सम्झानाले पागल भा'छु आँशुको नै बग्छ खोली ।

देउरालीमा फूल चढाई खाएका ती कसमहरू ।
 बिर्सियौ कि सम्झना छ बिगत ती, आजभोलि ?

झ-झल्कोले सताउँछ किन होला आज भोलि ?
गरेका ती माया प्रीति तिमी र म दिल खोली ।

पापी नजर पर्यो कि त, दिल चोरी लाग्यो ?
सुन्न मात्र पाए पुग्थ्यो सुमधुर तिम्रो बोली ।

No comments:

Post a Comment