Monday, August 27, 2012

गजल....


'' बिर्सियौ भने चाँढैनै तिम्रो बियोगमा मरिन्छ
  ''

कामनाहरु सम्झेर तिम्रो परेली भरिन्छ

बिर्सियौ भने चाँढैनै तिम्रो बियोगमा मरिन्छ ।

त्यो तिम्रो जुन आकाशको अब भुँई झ-यो नभन

बिर्सिए हुन्छ त्यो प्रित मेरो मन म-यो नभन ।

अँध्यारो देख्छन यी आँखा अचेल रुदैछ बिहानी

सपना भरी हाँसेता पनि भिजेछ सिरानी 

सम्झेर तिमी बसेका रात धिक्कार मान्नेछन्
कति छ माया यो मुटुभरी यी धड्कन जान्नेछन् 

कामनाहरु सम्झेर तिम्रो परेली भरिन्छ
बिर्सियौ भने चाँढैनै तिम्रो बियोगमा मरिन्छ ।

                                                       खड्क भलञ्जा छन्त्याल, बाग्लुङ
                                                        हाल : युएई

No comments:

Post a Comment