तिम्रै यादमा कल्पी कल्पी कति बिते रातहरु !
मायाको बदलामा किन आए घातहरु !!
भन्थ्यौ पहिले तिमीलाई जीवन भरी दिन्छु साथ !
तर आज म दु:खीलाई किन हान्यौ लातहरु !!
सँगै जिउने बाचा गरि थाप्ने गर्थ्यौ तिम्रा हात !
तर उर्लिंदै छन् रिसका किन मातहरु !!
जस्तो दु:ख परे पनि दिन्छु भन्थ्यौ तिमीले साथ !
तर आज भिरमा लगी छोड्यौ किन हातहरु !!
तिम्रै यादमा कल्पी कल्पी कति बिते रातहरु !
तिम्रै यादमा कल्पी कल्पी कति बिते रातहरु !
मायाको बदलामा किन आए घातहरु !!
खड्क भलञ्जा छन्त्याल,यु.ए.ई
No comments:
Post a Comment