यस्तै छ जिन्दगी....
ओइली झर्ने फूल जस्तै छ जिन्दगी /
दिन बित्ता कालले डस्तै छ जिन्दगी /
बाचुञ्जेल दुख सुख साथ नै छ /
झर्दा आँसुसँगै खस्तै छ जिन्दगी /
भट्टी पस्दा दिन बितेको पत्तो छैन /
पिउनेको लागि मस्तै छ जिन्दगी /
पैसामा नै बेचिएका छौ हामी त /
किन्नेलाई हाम्रो सस्तै छ जिन्दगी /
हाँसो रोदन जीवनको रीत भन्छन सबै /
अंगाल्नु नै पर्ने यस्तै छ जिन्दगी /
ओइली झर्ने फूल जस्तै छ जिन्दगी /
दिन बित्ता कालले डस्तै छ जिन्दगी /
बाचुञ्जेल दुख सुख साथ नै छ /
झर्दा आँसुसँगै खस्तै छ जिन्दगी /
भट्टी पस्दा दिन बितेको पत्तो छैन /
पिउनेको लागि मस्तै छ जिन्दगी /
पैसामा नै बेचिएका छौ हामी त /
किन्नेलाई हाम्रो सस्तै छ जिन्दगी /
हाँसो रोदन जीवनको रीत भन्छन सबै /
अंगाल्नु नै पर्ने यस्तै छ जिन्दगी /
No comments:
Post a Comment